सरकारी क्वार्टरमै अनैतिक गतिविधी गर्ने हाकिमलाई मन्त्रालय बोलाईयो

काठमाडौं । अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर हुन मन्त्रालयमा बोलाएको छ ।

टिकटक लाइभको क्रममा महिलासँग अश्लील हर्कत गरेको भिडिओ भाइरल भएपछि उनलाई मन्त्रालयले सोमबार पत्र लेख्दै २४ घण्टाभित्र उपस्थित हुन अनुरोध गरेको हो ।

“तपाईँसँग केही कुरा बुझ्नुपर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन मिति २०८०/०४/१५ को निर्णयानुसार अनुरोध छ,” प्रशासकीय अधिकृतलाई पठाइएको पत्रमा लेखिएको छ ।

सरकारी क्वार्टरमा एक युवतीसँग मदिरा सेवन गर्दै टिकटकमा लाइभ आएका उनले अश्लील हर्कत गरेको देखिन्छ । यसपछि यसपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया