सुन्दर नगरपालिका बनाउँने अभियान सुरु भयो : मेयर यादव

जनकपुरधाम । नगरपालिकालाई सफा, स्वच्छ, सुन्दर, व्यवस्थित र विकसित नगरपालिका बनाउँने अभियान सुरु भएको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले बताएका छन् । उनले अभियान अन्तर्गत नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा फुटपाथ मिचेर निर्माण गरिएका संरचना हटाउने अभियान मंगलवार देखि सुरु गरेको छ ।

उनले नगरवासीले यही बेला फुटपाथ हटाउने अभियानलाई साथ र सहयोग गरेर व्यवस्थित सहर बनाउने अभियानमा प्रेरणा थप्नुपर्ने बताए । मेयर यादवले यो अभियानलाई नगरपालिकाको सबै वडामा निरन्तरता दिने बताए ।

मधेश प्रदेशको राजधानी जनकपुधाम पछि दोश्रो सहरको रुपमा रहेको महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउँने उनको योजना रहेको बताए ।

उनले यो अभियान सुरु गर्न यसअघि १५ दिने सूचना जारी गरेको थियो । तर, व्यापारीले उक्त सूचना अटेर गरेपछि बल प्रयोग गरेर सार्वजनिक स्थलमा रहेको घर, टहरा र पसलहरु हटाउन थालिएको छ।

‘महेन्द्रनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्दछु,’ मेयर यादवले भने, ‘सुन्दर सहर हामी सबैको अभियान हुनपर्छ।’

नगरपालिकाले बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाको दाबी छ।

अभियान अन्तर्गत छ लेन सडकको फुटपाथमा पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

https://www.facebook.com/nagarikmirror/posts/pfbid035TaqJapksXiea452qd7aEnrP7a378m7dLLJ2V6XX5oTNBhVB9F5dc72QjURu8QPMl?__cft__[0]=AZXPRccKho1adljJWrKXOt66Q3heWn03O6X_3yYxeI7BQyna_uZTRQBq4CKiX73WUirUZ2N9aouRQBgCteCpIq3GzUvENc-abGZ7OlZz-JuU7s7fFB70GUwwW7WMjK62pTNJJyLT–lLt-7Fljdw734eCwhKpqSEK1fAUZHNUyE0LRTkeqW1RTN8EYxK3VoAQsE&__tn__=%2CO%2CP-R
प्रतिक्रिया