सर्लाहीमा पुलमुनि टाउको भेटेको युवक भारतीय रहेको पुष्टि, साथीहरुले हत्या गरेको आशंका

जनकपुरधाम । सर्लाहीमा पुलमुनि टाउको भेटेको युवक भारतीय नागरिक रहेको खुलेको छ ।

हरिवन नगरपालिका अन्र्गत हरिवन महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल भेटेको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्लाको मनियारी ५ का गोलु भन्ने अभिषेक गिरीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएपी दीपेन्द्र पजियार थारुले जानकारी दिएको छ । उनका अनुसार उनका बुवा दिवाकर राज आएर उनको सनाखत गरेको छ ।

आज(शुक्रबार) उनका बुवा लगायत अन्य परिवारका सदस्यहरुले टाउकाको सनाखत गरेपछि टाउको पोष्टमार्टमका लागि काठमाडौं पठाईएको डीएसी थारुले जनाए ।

मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ जना छिमेकी साथिहरुसँग घुम्र भनि सर्लाही हिंडेका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्क बिहिन रहेकाले अभिशेषको हत्यामा उनीहरुकै संलग्नता रहेको हुनसक्ने अनुमानका साथ जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।

अभिषेकको शरीर अझै फेला परेको छैन्, डीएसपी थारुले भने, उनको हत्या अन्त कतै गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने भएकाले सागरनाथ वन विकास परियोजनासहित बाँके जंगल क्षेत्र एवं सम्भावित अन्य स्थानमा शरिरको तल्लो भाग खोज्नका लागि व्यापक रुपमा प्रहरी टोली खटाईएको छ ।

स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले विहिबार बिहान लखन्देही खोलाको पुलदेखि ५० मिटर दक्षिण उक्त टाउको फेला पारेको थियो ।

टाउकाको पहिचान भईसकेपछि अब भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरी अनुसन्धान प्रकृयालाई बढाईने डीएसपी थारुले बताएको छ।

प्रतिक्रिया