युवाहरुले गरे कृष्ण मन्दिरमा वृक्षारोपण र सरसफाई

जनकपुरधाम । जनकपुरधामस्थित रहेको भगवान कृष्णको मन्दिरमा यादव युवा समूहद्धारा वृक्षारोपण र सरसफाई गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मालपोतस्थित रहेको कृष्ण मन्दिरको वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण र सरसफाई गरेको हो ।
जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण र सरसफाई गरेको हो ।
कृष्णाष्टमीमा सो मन्दिरमा भव्य मेला लाग्ने गरेकोले मन्दिरको वरिपरी पूर्ण सफाई समेत गरेका हुन् ।




प्रतिक्रिया






