उज्वल सपना एपसमार्फत दुईजना युवाहरुलाई शुन्य लागतमा वैदेशिक रोजगारी प्राप्त

जनकपुरधाम । उज्वल सपना एपस मार्फत दुइ जना युवाहरुलाइ शुन्य लागतमा वैदेशिक रोजगारी प्राप्त गरेका छन । जनकपुरका अमोद महरा र लक्ष्मीनिया गाउँपालिका लालबाबु यादव शुन्य लागतमा बैदेशिक रोजगारी पाएका हुन । उनीहरु उज्वल सपना एपस डाउनलोड गरि आफ्नो पासवर्ड सहितको वायोडाटा एपसमा एपलाइ गरेपछि मलेशियाको एक कम्पनीमा शुन्य लागतमा काम पाएका छन् ।
इसरा इन्सिच्युटको सहयोगमा सेफ नेपालले धनुषामा सुरक्षित बैदेशिक रोजगारीका लागि उज्वल सपना एपस डाउनलोड गराउने र जनचेतना मुलक कार्यक्रमको राम्रो प्रभाव परेको मलेसिया रिटर्न भएका जनकपुर वडा नं. १७ अजय साहले बताए । यो एपसको नियन्त्रण र कार्यान्वयनको अनुगमन तथा प्रभावको लेखाजोखा इसारा इन्सिच्युटले गर्ने गरेको छ । नेपाल सरकारले मलेशिया लगायतका देशहरुमा फ्रि भिसा र फ्रि टिकटमा बैदेशिक रोजगारीमा जाने प्रावधान ल्याए पनि कार्यान्वयन फितलो रहेको छ । दिनहु बेरोजगार युवाहरु बैदेशिक रोजगारीमा जाने भनि एजेन्ट तथा मेन पावरबाट ठगिने गरेको सुचना बाहिर आउने गरेका छन । बेरोजगारीको कारण रोजगारी पाउने आशामा युवाहरु ठगिने गरेको छ ।
आज सेफ नेपालको आयोजनामा सुरक्षित बैदेशिक रोजगारीका लागि उज्वल सपना बारे सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उज्वल सपना एपस मार्फत मलेशिया जाने कामदारहरुले रोजगार खोज्ने, प्रवासी कामदारहरुको सान्र्दभिक समाचार, र नीति नियमहरु, म्यानपावर कम्पनीहरु, रोजगार दाताहरु र सेवा प्रदायक संघ–संस्थाहरुको बारेमा सजिलै जानकारी पाउने गरेका छन् । यस एपस मार्फत कामदारहरुको हकहित तथा फाइदाका लागि विचार र अनुभव आदान प्रदान तथा रोजगारमुलक जानकारी प्राप्त गर्न सकिने सेफ नेपालको संयोजक विनोद महराले बताए ।
कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहा नगरपालिका नगर उपप्रमुख किशोरी साहले भने– सरकारले स्थानीय तहमै श्रम स्वीकृति गरिने भनिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे । यो एपसमा मार्फत केही युवाहरु फाइदा लिन सकुन । बैदेशिक रोजगारीमा जाने युवा धेरै मात्रा ठगिने भएकोले केही मात्रामा भए पनि यस एपसले सहयोग गर्ने आशा पलाएको बताए । कमसे कम राम्रो शुरुवात भएको छ । सवैले सहयोग गरौ र एपस डाउनलोड गरि मौका फाइदा उठाउ उनले भने ।
कार्यक्रमको विशेष अतिथि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले भने– बैदेशिक रोजगारीमा जाने युवाहरु विभिन्न बहानामा ठगिने र बढि पैसा कमाउने लोभमा मानव बेचविखनमा पर्ने गरेको बताए । भिजिट भिसामा जानेहरु बढि मात्रामा ठगिने गरेको पनि बताए । बैदेशिक रोजगारीमा जाने युवाहरु ठगिए पछि यस सम्बन्धी उजुरी वैदेशिक रोजगारी विभागले उजुरी लिने गरेको छ तर आवश्यकता अनुसार प्रहरीले पनि पिडितलाइ सहयोग गरिरहेको बताए। वैदेशिक रोजगारीको क्रममा बेचिने घटनाहरुमा प्रहरीले डारेक्ट उजुरी लिइ अनुसन्धान गरि न्यायको लागि पहल गर्ने गरेको पनि बताए ।
समाजमा अहिले ऋण पाउने अवस्था नरहेकोले यो एपस मार्फत केही युवाहरुले लाभ प्राप्त गरुन जनकपुरधाम उपमहा नगरपालिका वडा अध्यक्ष रामवृक्ष यादवले बताए ।
पासवर्ड बनाउन युवाहरु वडा कार्यालयमा आउने गरेकोले यो एपसको बारेमा जानकारी गराइ दिएपछि युवाहरुले एपस डाउनलोड गरि फाइदा लिन सक्ने वडा नं. १० की वडा सचिव जमुना भुजेलले बताइन ।
यो एपसलाइ जवसम्म व्यहारमा उतार्न सक्नु भएन भने फाइदा र घाटाको कुरा गर्न सक्नु हुन्न । एक पटक यो एपस डाउनलोड गरि यसबाट पाउने सुविधा प्राप्त गर्न प्रकृया जानु पर्नेबाट झनझट मान्नु हुदैन वक्ताहरुले बताएका छन ।
अहिले बैदेशिक रोजगारीमा जाने युवाहरुबाट एजेन्ट तथा मेनपावरहरुले तीन लाखसम्म लिने गरेको विदेश जान लागेको युवा प्रकाश कुमार मण्डलले बताए ।






