विश्वकप क्रिकेट: आज भारत र अफगानिस्तान खेल्दै

विश्वकप क्रिकेट अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।

नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने भारत र अफगानिस्तानबीचको खेल दिउँसो २: २५ बजे सुरु हुनेछ।

आजको खेलमा जित हात पार्दै भारत अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने अफगानिस्तानले जित हात पार्दै पहिलो अङ्क जोड्न चाहन्छ।

जारी लिगमा दुबै टोलीले समान १/१ खेल खेलेका छन्। जसमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले जित हात पारेको थियो भने अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो।

भारत जितसहित २ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ भने अफगानिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया
    ट्याग: