फोटोमा हेर्नुहोस् झिलिमिली जनकपुरधाम

जनकपुरधाम । लक्ष्मी पूजाका दिन आइतबार साँझ जनकपुरधाम झिलिमिली देखिएको छ । धुमधामका साथ जनकपुरधामसहित लक्ष्मी पूजा धन धानय र सम्पन्न्ताकी देवी लक्ष्मीको पुजा अराधना गरी भक्तिपूर्वक मनाइएको छ ।सो सँगै साँझ जानकी मन्दिरमा दीपावलीकै दिन भएको ५१ हजार दिप प्रज्वलनले अझ जनकपुरधामको दीपावलीलाई विशेष बनाएको छ। ।
जनकपुरधामस्थित विश्वप्रसिद्ध जानकी मन्दिरमा गरिएको दिप प्रज्वलन नगरबासीका लागि मात्रै होईन देशविदेशबाट आएका पर्यटकहरुका लागि पनि विशेष नै रह्यो । पछिल्ला वर्षहरुमा दीपावलीका दिन अन्कार हुने जानकी मन्दिरमा यसवर्ष गरिएको दिप प्रज्वलनले मन्दिरप्रतिको आकर्षण अझ थपिएको छ ।
मन्दिरमा दिप प्रज्वलन हिन्दुवादी युवाहरुको एक समूहले आयोजना गरेको थियो । जसमा तेल जानकी मन्दिरले सहयोग गरेको मन्दिरमा छोटा महन्थ रामरोशन दासले जनाए । अगामी वर्षहरुमा यो भन्दा पनि भव्य तरिकाले लक्ष्मी पूजाका दिन जानकी मन्दिरमा दिप प्रज्वलन गरिने उनले बताए ।
शनिबार अयोधयाको राम मन्दिरमा पनि दिप प्रज्वन गरिएको थियो। । राम मन्दिरमा २४ लाख दिप प्रज्वलन गरेर भारतले गिनिज बुकमा वल्र्ड रेकर्ड कायम गरेको छ ।






