मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । मधेस प्रदेश सरकारले भोलि एक दिनको लागि सार्वजनिक विदा दिने भएको छ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारको राजपत्रमा प्रकाशित २०८० सालको विदाहरुको सूचिमा पुस १ गते विवाहपँचमीको अवसरमा एक दिने सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।
प्रतिक्रिया






