जनमत पार्टीले बोलायो अन्दोलनकारीहरुको बैठक

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरुको बैठक बोलाएको छ।
बुधबार पार्टी अध्यक्ष डा.सीके राउतले एक सूचना जारी गर्दै पुष ११ गतेको लागि काठमाडौंमा आन्दोलनकारीहरुको बैठक राखिएको जानकारी दिएको छ।
उनले स्वराज आन्दोलन ,किसान आन्दोलन र जनमत पार्टीको आन्दोलनको क्रममा आन्दोलनमा भाग लिएका तथा एक राती हिरासत बसेकाहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन ।
आन्दोलनकारीहरुको समस्या तथा मुद्दाको विषयमा छलफल गर्न बैठक राखिएको सूचनामा उल्लेख छ । बैठक काठमाडौं स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया






