धनुषामा लागूऔषध सहित एकजना पक्राउ

जनकपुरधाम । धनुषामा लागूऔषध सहित एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब ३ बजेको समयमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

धनुषाको बिदेह नगरपालिका १ महिनाथपुरस्थित प्रहरी चौकी ठाडीझिझाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले एकजनालाई पक्राउ गरेका हुन् । प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रिलाई संका लागी चेकजाँच महिनाथपुर ९ बस्ने अन्दाजी २० वर्षीय श्रवण कुमार मण्डललाई पक्राउ गरेको होे ।

प्लास्टिकको झोलामा लुकाई ल्याएको नाइट्रोभेट १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट, स्यामेक्स क्यापसुल २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट, कफ सिरप प्लीज्यान्ट क्याप्सुल १३ पिससहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेको मण्डललाई थप अनुसन्धानको भईरहेको इलाका प्रहरी कार्यालय खजुरीले जानकारी दिएको छ ।

प्रतिक्रिया