रास्वपा अध्यक्ष रवि लामिछानेले गरे सरकारलाई १० प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले मुलुकमा बेथिती मौलाएको भन्दै सरकारसँग जवाफ चाहियो सरकारसँग १० प्रश्नको जवाफ माग गरेका छन् । लामिछानेले सरकारलाई सामाजिक सञ्जालमार्फत प्रश्न राख्दै जवाफ मागेका हुन् । छामिछानेले विभिन्न घटनामा सरकारले संरक्षण गरको आरोप लगाएका छन् ।

छामिछानेले सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड भन्दै प्रश्न गरेका छन् । लामिछानेले लेखेका छन्– ‘हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ? पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भएको बताउादै दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ? भन्दै प्रश्न गरेका छन् । देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको लामिछानेले बताए । ‘पुत्ला जलाएर होइन, पुत्ला सजाएर प्रश्न गर्छौ,’ लामिछानेले लेखका छन्, ‘ रास्वपा अब रोकिँदैन । यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ ।’

लामिछानेले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग जवाफ मागेका प्रश्न निम्नानुसार छन् ।

–नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?

– ललिता निवास काण्डमा दोषी उम्काउने ?

– सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?

–एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?

– टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?

–वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?

– नारायणघाट –बुटवल, मुग्लिन– पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?

– प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?

प्रतिक्रिया