‘सिक्किममा राजा थियाे बच्यो त देश ?’ : केपी ओली

देश जनताले बचाउने हो कि राजाले ?

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिक्किम राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिक सर्वोच्चता छाडेर व्यक्तिको सर्वोच्चता सचेत मानिसले नमान्ने बताए।

उनले जन्मँदै राजा हुने प्रथा अन्धविश्वासको पराकाष्ठा भएको टिप्पणी गरे।

‘कसैकसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ अध्यक्ष ओलीले भने, ‘भारतमा लगभग पाँच सय ६५ रजौटा थिए। ५६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि! राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ? राजा हुँदा देश बँच्दो रहेछ त?’

उनले देश जनताले बचाउने हो कि राजाले हो भन्दै प्रश्न पनि गरे।

‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त तथ्यले पुष्टि गर्न नसक्ने सिद्धान्त हो। कुनै तर्कमा आधारित नभएको तर्कहीन पाखण्डी सिद्धान्त हो,’ उनले भने।

प्रतिक्रिया