जापान एयरलाइन्सको विमानमा आगलागी, ६ को मृत्यु

काठमाडौं । जापानको एक यात्रुबाहक विमानमा आगलागी भएको छ। जापानको जापान एयरलाइन्सको फ्लाइट नम्बर जेएएल ५१६ विमानमा आगलागी भएको हो।
समाचार संस्था सीएनएनका अनुसार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा कोस्टगार्डको विमानसँग ठोक्किएर जापान एयरलाइन्सको विमानमा आगलागी भएको हो ।
विमानबाट यात्रु र क्याविन क्रु का गरी ४०० जनालाई सकुशल उद्धार गरिएको छ।
कोस्टगार्डको विमानका भने ५/६ जनाको मृत्यु भएको पनि जनाइएको छ।
प्रतिक्रिया






