अवैध उत्खनन गर्ने ट्रयाक्टर नियन्त्रणमा

जनकपुरधाम । धनुषामा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित जलाद खोलामा अवैध रुपमा उत्खनन गर्ने ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रण लिएको छ । प्रहरीले बुधबार दिउँसो साढे १ बजेको समयमा ज१त ८५०३ र प्र.२–०२–००१ त १२२६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएको ट्रयाक्टर आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।
प्रतिक्रिया






