नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन्। मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन्।

टेरामक्स प्रकरणको विवादमा मुछिएपछि खनालले राजीनामा दिएका हुन्।

खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणको छानबिन गरिरहेको छ।

प्रतिक्रिया