बम्जनलाई रातारात सर्लाही पुर्‍याइयो

काठमाडौं । काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई रातारात सर्लाही पु¥याइएको छ। हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले बताए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा युवती बेपत्ता पारेको र यौन शोषण गरेको दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौं प्रहरीले रातारात बम्जनलाई सर्लाही सदरमुकाम मलङ्गवा पुर्‍याइएको हो।

बुधवार राति १ः३० बजे सर्लाही ल्याइएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ। दुई वटा आरोप लागेका तपस्वी बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी रहेको एसपी धितालले बताए।

बम्जनमाथि २०७५ पुस १८ मा २८ वर्षीया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ।

प्रतिक्रिया