मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

जनकपुरधाम । मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । बिहिवार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

प्रदेशको नामाकरण र राजधानी घोषणा भएको यो दिनलाई सरकारले स्वाभिमान दिवस मनाउन लागेको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जनाएको छ ।
मधेश प्रदेशको नामाकरण २०७८ माघ ३ गतेकै दिन प्रदेश नम्बर २ बाट मधेश प्रदेश नामाकरण गरिएको थियो । र सोही दिन स्थायी राजधानी समेत जनकपुरधाम घोषणा भएको थियो ।

यस्तै मधेश प्रदेश सरकारले माघ ५ लाई पहिलदेखि नै बलिदानी दिवसको रुपमा सम्झने र मनाउने गरेका छन् । सरकारले मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने गरेको छ ।

बलिदानी दिवसको अवसरमा सरकारले मधेश आन्दोलनका सहिद परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।

बलिदानी दिवसको अवसरमा सरकारले प्रदेशमा सार्वजनिक विदा दिने गरेको छ । तर, स्वाभिमान दिवसको अवसरमा विदा नहुने मन्त्री समितिले बताए ।

प्रतिक्रिया