सिरहामा सशस्त्र प्रहरीका डिएसपी दाहालकै संरक्षणमा तस्करी फस्टाउदै

सिरहा । सिरहाको माडरका सशस्त्र प्रहरीका डीएसपी राजु दाहालले तस्करीको लाईन खोलेको श्रोतले बताएको छ । सो सँगै नाका भएर फेरी प्याज र कपडाको तस्करी बढेको छ । 

सशस्त्र प्रहरी नायब उपरिक्षक दाहालले तस्करी गराए बापत तस्करबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ । श्रोतका अनुसार माडर नाकाबाट तस्करी भईरहेको बताइएको छ ।

माडर खैरटोका नाकाको पटेर्वाबाट भन्सार छलीका अवैध कपडाको तस्करीको सूचना पाए लगतै सशस्त्र प्रहरी बल नम्बर गण ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको विशेष टोलीले माडर गुल्मको एरिया सिरहा नगरपालिका १२ सारस्वर स्थितबाट करीब ७ लाख बढी  मूल्य  बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरीबल सिरहाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक दिपेन्द्र थापाले जानएको छ । 

मंगलबार बेलुका करिब ६ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर स्थितको कमला बाँधब भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेको दुई वटा मोटरसाईकलमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध  कपडा बरामद गरेको उनले बताए । 

उनका अनुसार कपडाको मूल्य सहित एक–एक लाख गरी जम्मा २ लाख बराबरको २ थान मोटरसाईकल गरी  ७ लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध समान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाईएको उनले थपे । 

यसैगरी यो नाकाबाट प्याज र कपडा मात्रै होईन स्पेयर पार्टस्, अखाध्यबस्तु, लागूऔषध तथा अन्य प्रतिबन्धित सरसामानसमेत ओसारपोसार भईरहेको स्रोतको दाबी छ । केही महिना अघि मात्रै यस क्षेत्रबाट करोडौंको भन्सार छलीका सरसामानहरु राजश्व अनुसन्धान कार्यालय इटहरीले बरामद गरेको थियो । त्यसयता जिल्लाका यस नाकाहरुबाट तस्करी कम भएको थियो । तर, सशस्त्र प्रहरीकै मिलोमतोमा फेरी तस्करी हुन थालेको छ ।

मुलुक आर्थिक मन्दीको अवस्थामा गुज्रिरहँदा सरकारी संयन्त्रको सहयोगमा तस्करी हुँदा सरकारको दैनिक लाखौं राजश्व गुमिरहेको छ । बेलाबेलामा मात्रै राजश्व अनुसन्धान लगायतका निकायले यस्ता कार्य रोक्न खटेपनि केही दिनमै फेरी सुस्त हुँदा यस्ता गैर कानूनी कार्य रुकेको छैन् ।

प्रतिक्रिया