राजनीतिक दलप्रति व्यङ्ग्यात्मक भाइरल पोष्ट ‘जाडाे किन बड्याे ?’

सामाजिक सञ्जालमा एउटा पोष्ट निकै भाइरल बनिरहेको छ । देशका राजनीतिक दल र तीनका नेताहरू आ-आफ्नै तालमा छन्। जसलाई नागरिकसँग कुनै सरोकार छैन । राजनीतिक दल र स्वतन्त्र रुपले सेवा गर्छु भनेर मैदानमा आएकालाई लक्षित गरी व्यङ्ग्य गरिएको छ ।

जाडाे किन बड्याे ?
नेपाली राजनीतिक दलहरुकाे धारणा :

विदेशी हस्तक्षेप र दक्षिणपन्थी अवसरबाद गन्हाएकाले जाडो बढ्यो – माओवादी

घेरावन्दी गरेर जाडो बढाइयो – एमाले

हामीले प्रजातन्त्र नल्याएको भए जाडो अझै बढ्ने थ्यो – काँग्रेस

राजा नआएर जाडो बढेको हाम्रो बुझाइ छ – राप्रपा

केपी ओलिले गर्दा जाडो बढ्यो- नेकपा एस्

पुराना भ्रष्ट दलहरुले गर्दा जाडो बढेको छ – रास्वपा

उपेन्द्र यादवको स्वेच्छाचारीले जाडो बढ्यो – जनमत

मधेश आन्दोलनका घाइते र सहिदको अपमानले जाडो बढ्यो- जसपा

टिकापुरलाई अलग्गै जिल्ला नबनाएकोले जाडो बढेको भन्ने हामीले ठम्याएका छौ – नेउपा

जाडो बढेको निश्चय नै हो । के कारणले जाडो बढेको छ ? 72 को संविधान अधुरो भएकोले जाडो बढेको हुन सक्छ भन्ने हामीलाई लाइराछ – बाबुराम/नेसपा

गुइँठेहरूले तातो बनाउन नदिएर जाडो बढाए, हा थु – हर्क

सिंहदरबारमा आगो लाउन पाइएन र जाडो बढ्यो: बालेन

प्रतिक्रिया
    ट्याग: