प्रदेशस्तरीय मेयर कप महिला भलिबल प्रतियोगिता सुरु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रदेशस्तरीय मेयर कप महिला भलिबल प्रतियोगिता २०८० आइतबारदेखि सुरु भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको आयोजनामा आज(आइतबार) देखि प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद मुल नाराका साथ भलिबल प्रतियोगिता सुरु भएको हो । क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ महेन्द्रनगरथित क्षिरेश्वर जनता माध्यमिक विद्यालयको खेदमैदानमा आजदेखि चार दिवसीय प्रतियोगिता सुरु भएको छ । नगरपालिकाका मेयर सुखदेव यादवको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत रामउदगार अधिकारीको अध्यक्षतामा एक समारोहबीच उद्घाटन भई विधिवत रुपमा प्रतियोगिता सुरु भएको हो ।

खेलकुद क्षेत्रमा महिला खेलाडीहरुको सहभागितालाई बढोत्तरी गर्दै खेलकुदको माध्यबाट राष्ट्रिय एकता, सदभाव र अनुशासन कायम गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले बताए । उनले प्रदेशका आठ वटै जिल्लामा रहेका महिला खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, खेलाडी राष्ट्रका गहना भएकाले खेलाडीहरु अनुशासित लगनशिल हँुदै खेललाई निरन्तरता दिनुपर्छ ।’

क्षिरेश्वरनाथ नगरपालिकाले आयोजना गरेको यस प्रतियोगिताले राष्ट्रको खेलकुद क्षेत्रमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । नगर प्रमुख यादवले आफ्नो रुचीसमेत खेलकुद क्षेत्रमा रहेकोले खेलकुदलाई प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गरिएको बताए ।

बुधबारसम्म हुने प्रतियोगितामा मधेश प्रदशेका सात वटा जिल्लाबाट आठ वटा टिम भाग लिएका छन् । लिक कम नक आउट विधिबाट सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेल रौतहट र सर्लाही तथा सप्तरी र महोत्तरीका महिला भलिबल टिमबीच प्रतिष्पर्धा भएको हो । आज भएको उक्त खेलमा सर्लाही र सप्तरी बिजय भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र दोश्रो हुनेलाई नगद ३० हजारसहित, तेश्रोलाई नगद २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई नगद १० नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दिपक खत्रीले जनाए ।

प्रतिक्रिया