पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र-छात्राहरू

जनकपुरधाम । यतिबेला जनकपुरधाम पुनः साहित्य महोत्सवको रंगमा रंगीन थालेको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एंड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ।
जनकपुरधामस्थित नोचा पोखरि डिलमा स-सना विद्यार्थीहरू कला-शिल्प प्रदर्शन गरेका छन् । कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले प्रमुख अतिथिको रुपमा संबोधन गर्दै छात्र-छात्रालाइ आफुभित्र रहेको क्षमता र शिप देखाउने यो राम्रो अबशर रहेको बताए । उनले सहभागी छात्र-छात्रालाई बधाई दिँदै कार्यक्रमका आयोजक नव मिथिला फॉउन्डेशनलाई यस्ता आयोजनको निरन्तरता दिन शुझाएका थिए ।

प्रतियोगितामा जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३५ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतिस्पर्धाबाट उत्कृष्ठ प्रथम , द्वितीय र तृतीयलाइ फाल्गुन १२ गते आयोजन हुने जनकपुर साहित्य महोत्सवको प्रमुख मंच मैं पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अमित साहले जनाए ।
कला र शिल्पमा प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई ११ हजार र तृतीयलाई ५ हजार १ सय नगद सहित कदर पत्र प्रदान गरिने छ।






