सञ्चालनमा आएको ११ दिनमै कमलाको झोलुंगे पुल मोटरसाइकलको लागि बन्द, यस्तो छ कारण

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुंगे पुलमा मोटरसाइकललाई आवतजावतमा रोक लगाएको छ । पुलमा सोलार प्यान जडान भईरहेकाले तीन दिनका लागि अत्यावश्यक बाहेकका मोटरसाइकललाई आवतजावतमा रोक लगाइएको पुल निर्माणमा स्वयंमसेवकको रुपमा खटेका ईन्जिनियर बिनोद कुमार मण्डलले जनाएको छ ।

पैदल यात्रीको लागि आवजावत खुला नै रहेको मण्डलले जनाएको छ । उनले सोलार जडान गर्दा मोटरसाईकल आवतजावतले गर्दा अप्ठयारो भईरहेको कारणले तीन दिनका लागि रोक लगाइएको बताए ।

ईन्जिनियर मण्डलले अतिआवश्यक भएकाहरुलाई आउन जानको लागि खोलिदिने बताए ।

रातिको समयमा सर्वासाधारणलाई आवतजावतमा सहजता प्रदान गर्न सोलार प्यानल जडान गर्न लागिएको जनाएको छ ।

माघ १८ गते सम्झौता अवधिभन्दा ६ महिना अगाबै निर्माण सम्पन्न भई सर्वसाधारणको लाििग आवतजावत खुला गरिएको छ ।

प्रतिक्रिया