के रवि लामिछाने फेरी गृहमन्त्री बन्दै छन् हाे ?

काठमाडाैँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कांग्रेससंगकाे गठबन्धन भत्किएसंगै रास्वपा एमालेकाे साथमा २०७९ पुष १० काे गठबन्धन व्युताउन प्रयत्नशील रहेकाे छ । आइतबार रात्रिकालिन बैठकमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा आउने निश्चित भएकाे देखिन्छ ।
रास्वपा सरकारमा आउने भन्ने बित्तिकै रवि लामिछाने पूर्ण गृहमन्त्री बन्ने अड्कलबाजी चलिरहेकाे छ । प्रतिपक्ष रहेकाे रास्वपा सरकारमा आउन दलका नेता भएकाे कारण रविले पूर्ण आफुले गृहमन्त्रालय पाउन पर्ने ईच्छा प्रकट गरेकाे बालुवाटारकाे बैठकमा उपस्थित रहेका एक नेताले नागरिक मिररलाई बताए ।
यस बारेमा भने रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीकाे निर्णय लिने जिम्मेवारी रवि लामिछानेलाई नै दिएकाे बताएका छन् ।’काे मन्त्री बन्ने भन्ने छनाैटकाे जिम्मा पार्टी सभापतिलाई दिइएकाे छ । यसकाे निर्णयसमेत सभापतिलाई थाहा हुन्छ । तर रास्वपा सरकारमा जादैँ चै छ’ उनि भन्छन्, ‘सरकारमा जादैँ गर्दा रवि जी पनि गृहमन्त्री बन्न सक्नुहुन्छ तर हतार नगरिहालाैँ भन्ने हाे हाम्राे तर्फबाट त !’
यस अघिपनि गृहमन्त्री तथा उपप्रधानमन्त्री रहेका लामिछाने दाेहाेराे नागरिकता र पास्पाेर्टका कारण गृहमन्त्रालय छाड्नु परेकाे थियाे । आफुले मन्त्रालय छाड्ने निश्चित भए लगत्तै आफ्ना अन्य सांसदलाई समेत फिर्ता बाेलाएका थिए । जसका कारण उनी पूर्ण सरकारमा जान आफ्नाे निर्काैल नगरिकन भने सत्तामा जाने भने उनकाे हिस्ट्रीले देखिदैन भन्छन् विज्ञयहरु ।






