यता पद धरापमा उता शरतसिंह भण्डारी दुबईकाे रोजगार मेलामा

काठमाडाैँ । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रोजगार मेलाका लागि यूएईको दुबईमा छन् । १९ फागुनमा दुबई उडेका मन्त्री भण्डारी नफर्किंदै उनको पद धरापमा परेको छ ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्केपछि भण्डारीको मन्त्री पद धरापमा परेको हो । माओवादी केन्द्र र एमालेको गठबन्धन बन्दा भण्डारीको पार्टी लोसपा अटाउने नअटाउने टुंगो लागेको छैन ।

श्रममन्त्री भण्डारी, श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई गएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा यूएईस्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको रोजगार मेलामा सहभागी हुन गएका हुन् ।

प्रतिक्रिया