किन बढ्दै छ जनकपुरधाममा प्लास्टिक प्रदूषण ? (सर्वेक्षणमा सहभागी बन्नुहोस्)

जनकपुरधाम । नागरिक मिरर कायापलटको सहकार्यमा सुरु भएको प्लास्टिक विरुद्धको अभियान अन्तर्गत कायापलट सर्वेक्षण आजबाट सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनपछि जोडसोडले उठिरहेको फोहर व्यवस्थापन सम्बन्धी मुद्दालाई केन्द्रमा राख्दै जनकपुरधामबासीको विचार बुझ्न यस सर्वेक्षण सञ्चालन गरिएको हो ।

सर्वेक्षणका लागि २२ प्रश्न रहेका छन् । जसमा व्यक्तिगत गोपनीयताको कायम गरिएको छ भने उत्तरकर्ताले सहजरुपमा हरेका प्रश्नको वैकल्पिक उत्तरमा मत जाहेर गर्न सक्नेछन् । यस सर्वेक्षणमा जनकपुरधाममा बढ्दै गइरहेको प्लास्टिक जन्य फोहरको अवस्था र जनकपुरधामबासीको अपेक्षा तथा स्थानीय सरकारको जबाफदेहिता सुनिश्चितता गर्न यस सर्वेक्षण सुरु गरिएको कायापलटका संस्थापक दिवाकर उप्रेतीले जानकारी दिए ।

सर्वेक्षणमा ५ खण्ड रहेको छ । जसमा पहिलो खण्डमा उमेर तथा पहिचान र ठेगाना उल्लेख रहेको छ भने दोस्रो खण्डमा प्लास्टिक प्रदूषणको जागरूकता र धारणा रहेको छ । त्यस्तै तेस्रो खण्डमा व्यक्तिगत कार्य र जिम्मेवारी रहेको छ । चौथो खण्डमा सरकार र समुदायको संलग्नता छ भने पाँचौँ खण्डमा थप प्रश्न तथा सुझाव रहेको छ । यी सबै खण्डमा रहेका प्रश्नहरूको आधारमा जनकपुरधाममा किन कसरी प्लास्टिक प्रदूषण बढिरहेको छ भन्ने धारणा बुझ्न सकिन्छ ।

यस सर्वेक्षण २२ फाल्गुनदेखि ७ चैत्रसम्ममा सहभागिता जनाउन सकिन्छ । त्यस पश्चात प्राप्त तथ्य र सूचना नागरिक मिररबाट प्रकाशित हुने छ ।

सर्वेक्षणमा सहभागि हुन् :

प्रतिक्रिया