कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाएको हो ।

राजनीमा बुझाउनुअघि उनीहरुले पत्रकार सम्मेलन गर्नुभएको थियो । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए । “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उनले भने ।

सो अवसरमा उनीहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरे । उनीहरु प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गरे ।

प्रतिक्रिया