माओवादी केन्द्रबाट अर्थमन्त्रीमा वर्षमान र परराष्ट्रमन्त्रीमा नारायणकाजी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले गठबन्धनमा भाग पाएकाे अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि मन्त्रीकाे टुंगाे लगाएकाे छ । 

माओवादी स्राेतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएकाे छ ।

श्रेष्ठले गृहमै दाबी गरे पनि रास्वपाकाे भागमा पर्दा उनी परराष्ट्र मन्त्रालयतिर धकेलिनुपरेकाे हाे । अरु मन्त्रालयबारे टुंगाे लगाउन छलफल जारी रहेकाे नेताहरूले जानकारी दिएका छन् । 

प्रतिक्रिया