नयाँ गठबन्धनका १७ मन्त्रीले पाए जिम्मेवारी, कसले पाए कुन मन्त्रालय ?

काठमाडाैँ । नयाँ सत्ता गठबन्धनसम्बद्ध दलहरूबाट मन्त्री बनेका १७ जनाले मन्त्रालय पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूको मन्त्रालयीय कार्यविभाजन टुङ्ग्याएका हुन् ।
मन्त्रालय पाउनेमध्ये १४ जनाले बुधबार साँझ ५ बजेपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । ३ जनाले भने यसअघि नै ग्रहण गरिसकेका छन् । नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालले हिजै शपथ ग्रहण गरिसकेका छन् ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
नेकपा (एमाले)
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
नेकपा (माओवादी केन्द्र)
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, ऊर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रवि लामिछाने, उपप्रधान तथा गृह
डोलप्रसाद अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा






