प्रधानमन्त्री र उपप्रधानमन्त्रीविरुद्ध अनर्गल पोस्टर पम्पलेट टाँस्ने दुईजना पक्राउ

जनकपुरधाम । जनकपुरधाम बजार क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवविरुद्ध अनर्गल पोस्टर पम्पलेट टाँस्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोस्टर पम्पलेट टाँसेर चरित्र हत्या गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

फागुन २९ गते राति बजार क्षेत्रको विभिन्न स्थानमा सो पर्चा, पम्पलेट टाँसेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने पंकज झा र जनकपुरधाम उपमहानगरपालिका १ बस्ने मनिष पूर्वेलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले चलाएको सर्च अपरेसनबाट गएराति धनुषाको लादोबेलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएको छ ।

उनका अनुसार पक्राउ परेकाहरू उपर अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ । प्रहरी हिरासतमा रहेको उनीहरू उपर मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको उनले बताए ।

यस कार्यमा अझ केही व्यक्ति संलग्न भएको बताइएको । उनीहरूको समेत खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया