धनुषाधाम संरक्षित वनमा भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित रहेको धनुषाधाम संरिक्षत वनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । दिउँसो करिब ११ बजेर ४० मिनेटमा वनमा भएको आगलागी साढे ४ बजे करिब ५ घण्टापछि नियन्त्रणमा लिइएको धनुषाधाम संरक्षित वनका वन अधिकृत शंकर नारायण झाले जानकारी दिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको यन्त्रको मद्दतमा तथा सुरक्षाकर्मी सहयोगमा वनमा भएको आगलागी नियन्त्रणमा लिइएको उनले बताएका छन् ।

वन अधिकृत झाले आगलागीबाट १० हेक्टर अर्थात १५ विघा वनमा क्षति पुगेको बताउनुभयो । वनमा भएको आगलागीको कारण खुल्न नसकेको बताउँदै उनले त्यसबारे अनुसन्धान भईरहेको बताउनुभयो । उहाँले आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने बताए ।

आगलागी वन क्षेत्रको पूर्वउत्तर भागको झाडी भएको भू–भागमा भएको वन अधिकृत झाले जानकारी दिनुभयो । आगलागीबाट जीवजन्तु साना बोटविरुवाहरु जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया