गोलबजार नगरपालिकाद्वारा स्प्रेयर ट्याङ्की वितरण

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमबमोजिम ५० प्रतिशत अनुदानमा दुई सय ३७ किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरिएको हो ।
नगरपालिकाको कृषि शाखाले गत चैत १९ गते एक सूचना प्रकाशित गरि आवेदन माग गरेको थियो । सोही आवेदनका आधारमा पालिकाको स्वीकृत बजेटबाट चार्ज गर्नमिल्ने विद्युतीय स्प्रेयर ट्याङ्की वितरण गरिएको कृषि शाखा प्रमुख वीरेन्द्र यादवले बताए । प्रमुख यादवका अनुसार भ्याटसहित रु चार हजार गर्ने स्प्रेयर ट्याङ्की किसान र नगरपालिकाको लागत साझेदारी रहेको छ ।
प्रतिक्रिया






