जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम । जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई युवकलाई पक्राउ गरेका छन्।

आइतबार प्रहरीले धनषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिएको छ । उनीहरुलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुबाट लुटेको मध्ये १४ लाख ५३ हजार बरामद गरेको प्रवक्ता अवाले बताए ।

गत बैशाख २४ गते करिब १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ थूमौनास्थित पोखरीबाट धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैया लुटिएको थियो ।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जना व्यक्तिहरुले पैसा भएको ब्याग लुटेर फारार भएको थियो ।

घटना विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया