सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने-‘निर्दोष हुनुहुन्छ, अदालती प्रक्रियाबाट छुट्नु हुन्छ’

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् । 

बुधबार बिहान काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउका विषयमा बढ्ता होहल्ला गर्न जरुरी नभएको उनको भनाइ छ ।

‘अदालतले प्रक्रिया अघि बढाउ भनेपछि अघि बढेको विषय हो । बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन,’ उनले भने, ‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । उहाँ सजिलै छुट्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले सिरोहियासँग रिसिइबी साधेको भन्ने कुरा गलत भएको बताए । ‘उहाँसँग सरकारको के को रिसिइबी ? रिसिइबी साँधेको भन्ने कुरा गलत हो,’ उनले भने । 

दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार साँझ प्रहरीले थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
    ट्याग: