प्रहरीले कैलाश सिरोहियालाई पुर्‍यायो जिल्ला अदालत, केही बेरमा आदेश आउने 

काठमाडाैँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ । 

बुधबार कार्यालय समय सुरु भएको केहीबेरमै सरकारी वकिल कार्यालयले सिरोहियालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा बनाएर उनलाई अदालत पुर्‍याइएको थियो । बाहिर केही पक्षले पक्राउको विरोधमा नाराबजी गरिरहेपछि प्रहरीले घेरा हालेर अदालत लगेको थियो ।

अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अदालतमा उपस्थित गराइएको र केहीबेरमा आदेश आउने बताए ।  

नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले काठमाडौंमा पक्राउ गरेर उनलाई धनुषा लगेको हो ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: