जानकी मेडिकलले भर्ना लिन नमाने पछि बालकको मृत्यु, अस्पतालमा बनिनियाका बिरामी भर्नामा निषेध गरिँदै !

जनकपुरधाम । धनुषास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालले भर्ना लिन नमाने पछि एकजना बालकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

गत शनिवार लक्ष्मीनियाँ गाउँपालिका ५ बनिनियाको दुखरण यादवका १४ वर्षीय बालक अनिष कुमार यादवको मृत्यु भएको हो ।

मृतकका काका बलराम यादवले जानकी मेडिकल कलेजले भतिजलाई भर्ना नलिएपछि मृत्यु भएको आरोप लगाए । उलने शनिवार साँझ घरमा भएको अल्मुनियम सल्फेट विषादी अनिषले खाएपछि उपचार गराउन जानकी मेडिकलमा पुग्दा चिकित्सक नभएको भन्दै भर्ना नलिएको आरोप लगाए । त्यसपछि उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा अनिसको उपचारको क्रममा मृत्यु भएको उनले बताए।

विषादी खाएका ती बालकलाई जानकी मेडिकलमा साढे ७ बजे लगिएको उनले बताए । तर ईमरजेन्सी कक्षमा ड्युटीमा रहेका डा.शिवराम कृष्ण यादव(बिमलेश)ले चिकित्सक नभएको भन्दै बिरामीको अवस्था गम्भीर हेरेपछि त्यहाँबाट जनकपुर पठाइदिएको उनको भनाइ छ ।

अल्मुनियम सल्फेट सेवन गरेपछि बिरामीको मुत्युदर अत्यधिक हुन्छ एकजना चिकित्सक बताउछन् । उनी भन्छन्, त्यस्ता केसलाई बचाउन कमै सम्भावना हुन्छ । सक्दो छिट्टो उपचार पाए बाच्न पनि सक्छ । तर त्यस्तो सिरियस बिरामीलाई भर्ना नै नलिनु अस्पतालले अपराध नै गरेको उनी बताउछन् ।

चिकित्सा पेशमा लामो समय अनुभव भएका उनले भने समयमै उपचार पाएको त्यस्ता कति बिरामी बाचेको प्रमाणहरु पनि रहेको बताए ।

अस्पतालले यस्तो व्यवहार देखाएर मानवतामाथि पनि प्रश्न उठ्ने वातावरण निर्माण गर्दै आएको स्थानीयहरु बताउछन् । कानूनी सल्लाहकारहरुले त यस्ता नियम विपरित कार्य गर्ने अस्पताल विरुद्ध जिल्ला प्रशासन मार्फत न्यायनै माग्न सल्लाह दिए । बाच्ने सम्भावना कम देखेर भर्ना नै नलिनु कार्यलाई अपराध नै ठान्ढछ, उनले भने ।

यस्तै लक्ष्मीनियाँ गाउँपालिका ५ कै अर्का ३१ वर्षीय अन्जु यादवलाई पनि जानकी मेडिकलमा उपचार नगरिदिएको उनको देबर बलराम यादवले बताएका छन् । चुलेसीमा खुट्टा काटिएपछि उपचारको लागि जानकी मेडिकलमा लग्दा उपचार नगरिदिएको उनले बताए । शनिवार ११ बजे खुट्टा काटिएपछि उपचार गराउन जाँदा अस्पतालले उपचार नगरिदिएको बलरामले आरोप लगाए।

उनी भन्छन्, ’बनिनियाको मान्छेलाई जानकी मेडिकलमा भर्ना लिरहेको छैन् । केही दिनअघि लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको चिकित्सको लापवाहीले मृत्यु भएको थियो । अनि अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति वापत १३ लाख ५० हजार उपलब्ध गराएको थियो । त्यसपश्चात अस्पतालले बनिनियाका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा निषेध गरिरहेको बुझिएको छ ।’

यता अस्पतालका प्रबन्धक धर्मदत्त सुवेदीले अस्पतालमा भेन्टिलेटर खाली नभएपछि विषादी सेवन गरेको बिरामीको भर्ना नलिएको बताएका छन् । उनका अनुसार अस्पतालमा कुल पाँच वटा भेन्टिलेटर भएकोमा दुई वटामा बिरामी रहेको र दुई वटा बिग्रेको तथा एउटामा आफ्नै बिरामीलाई राख्नुपर्ने भएको हुँदा उनको भर्ना नलिएको बताए ।

यस्तै अर्का बिरामी अन्जू यादवको विषयमा प्रतिकृया लिन खोज्दा उनले त्यसबारे जानकार नरहेको प्रतिकृया दिए ।

यस्तै अस्पताल निकट श्रोतका अनुसार त्यो दिन भेन्टिलेटर खाली नै रहेको बुझिन्छ ।

प्रतिक्रिया
नागरिक मिरर