पदक जितेको खुशी मनाउँदा जब खेलाडीको कुमको हड्डी फुस्कियो…

फ्रान्सको पेरिसमा जारी पेरिस ओलम्पिकका एकजना खेलाडीको कुमको हड्डी फुस्किएको छ ।

एकजना खेलाडीले मेडल जितेको खुशी मनाउँदै गर्दा उनको कुमको हड्डीनै फुस्केको हो ।

माल्डोवाका जुडो खेलाडी आदिल ओस्मानोवले रजत पदक जितेका छन् । पुरुष तर्फको ७३ किलोग्राम तर्फको विधामा उनले इटलीका म्यानुअल लोम्बार्डोलाई हराउँदै रजत पदक आफ्नो नाम गरेका छन् ।

रजत पदक जितेपछि खुशीले कराउँदै झुम्दै उनी घुँडाको सहारामा बसे। पदक जितेको खुशीयाली मनाउँदै गर्दा उनको कुमको हड्डी नै अनयन्त्र सरेर उनी घाइते भएका छन्। हालको उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका छन्।

प्रतिक्रिया
    ट्याग: