हात-हात सजाउँदै जनकपुर आर्ट एण्ड क्राफ्ट
जनकपुरधाम । आज साउन महिनाको तेस्रो सोमबार छ । साउन महिना भगवान शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष मान्यता दिन्छन् । विवाहित महिलाहरुले श्रीमानको आयु र कन्या किसोरीहरु असल ‘वर’ पाउने कामनासहित ब्रत बस्छन् । हरियो पहिरणसँगै मेहन्दीले हात सजाएर उत्सव जसरी मनाउन्छन् ।
यसै अवसरमा जनकपुर आर्ट एण्ड क्राफ्टद्वारा साउन महिनाकाे दिन सबै महिलाकाे हात श्रृंगार्ने उदेश्यले मेहेन्दी लगाउने कार्य गर्दै आइरहेका छन् । जनकपुरधाममा साउन महिनाकाे हरेक साेमबार नि:शूल्क मेहेन्दी लगाउन जनकपुर आर्ट एण्ड क्राफ्टका आर्टिष्टहरुले असाहय, गरिव तथा इच्छूक मानिसलाई हात श्रृंगार्ने गरेकाे आर्टिष्ट साेनी साह बताउँछिन् ।
साहका अनुसार साउन सबैका लागि प्रिय हुन्छ तर मेहेन्दी किनेरै लगाउन नसक्नेहरुका लागि हाम्राे मेहेन्दीले खूसी ल्याउने गरेकाे बताइन् । साेनीसँगै आर्टिष्टहरु स्नेहा मिश्र, सन्ध्या सहनी, रञ्जना चाैरसीया, अंजली साह, जिया यादव, उषा शर्मा र साेभा साह रहेका छन् ।
उनीहरु साउन महिनाकाे हरेक साेमबार जनकपुरधामकाे शिव चाैक नजिक रहेकाे शिव मन्दिरमा हात रंगाउने कार्य गर्दै आइरहेका छन् ।