धनुषामा सशस्त्र प्रहरीद्वारा १६ लाख बढीको अवैध चाँदी बरामद

जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषाले १६ लाख बढीको चाँदी बरामद गरेको छ । बुधबार प्रहरीले जिल्लाको विदेह नगरपालिका वडा नम्बर ८ ईटहर्वाबाट १६ लाख २३ हजार ९ सय २८ मूल्य बराबरको चाँदी बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक दर्शन गिरीले जानकारी दिएको छ ।
प्रहरीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सो अवैध चाँदी सशस्त्र प्रहरी बल बिओपि धनौजीबाट खटेको सशस्त्र प्रहरी निरीक्षक कबिर मल्ल कमाण्डको टोलीले बरामद गरेको हो । प्रहरीले ११ किलो १२.५ ग्राम अवैध चाँदी बरामद गरेको उपरिक्षक गिरीले बताएको छ । उनका अनुसार अवैध चाँदी भारत मधुबनी जिल्ला हरियाना बस्ने ४० वर्षीय सुरेन्द्र मण्डलको साथबाट बरामद गरिएको छ ।
बरामद गरेको सो अवैध चाँदीसहित थप अनुसन्धानका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको उपरिक्षक गिरीले बताए ।
प्रतिक्रिया






