जनकपुर व्यापारसंघको चुनावमा अडङगाः ३ अध्यक्षबीच महाभिडन्त

बेजोड नारामा भण्डारी , मौन रूपले साह, व्यापारिक चेतनामा रमण भएपनि आफ्नो साख पार्टी र उपस्थितीमा लिंदा भण्डारी र साह अब्बल मानिएका छन्। तथापि रमणलाई 'अन्डरएस्टिमेट' गर्न मिल्दैन।

जनकपुरधाम । अँ साँच्चिः ३ उम्मेद्वार छन्। आजकल जहाँ पनि उम्मेद्वार हुन – त्यसपछि कति खर्चिन सकिने भनि आत्मवहस चल्छ। चुनावी क्रममा कार्यकर्ताले पनि भन्छन, जाबो एउटा चिया सोध्दैन्न उम्मेदवारले। खाजा त झनै सोध्दैन्न। यस्तो पनि काहीँ हुन्छ। बुझे इमान्दार हुन् तर यति त सामान्यले पनि गर्नुपर्ने हो। बस त्यसै चक्करमा राम्रा उम्मेद्ववार कहिल्यै हाम्रा हुँदैनन्। र जसले चिया, खाजा र कार्यकर्तालाई ’ राजा ’भन्दै चुनावको दिन सम्म होटल फ्री गर्छन्, ऊ जित्छन्। उनको जयजयकार हुन्छ। जसले गर्दैनन् – कार्यकर्ता लगायतका घुमन्ते र मतदाताको फाइदे भावनाको कदर गर्दैनन्। ऊ सिद्धिन्छन, चुनावको ३ दिन अगावै।

जनकपुरको चुनाव; प्रदेश होस् अथवा स्थानिय वा अन्य कुनै क्लव वा गाउँले कमिटीनै किन होस, कथा चौतर्फी उस्तै छ। होस पनि किन होइन जहाँ मनोज साह जस्तो एकदमै स्वन्त्रत र कठालु मानिस स्वन्तन्त्र जीते, कम खर्चमै। जसलाई जनताले त्यसै पारघाट लाइदियो ऊनी पनि जीत अघिका लाल किशोर र राजेन्द्र महतो जस्तै बने। उनलाई पनि आन्दोलन र मधेस भावनाको आडमा जनजनले अन्य पार्टीको अपहेलना नजितेपछि पनि नजिताएको होइन्। तर राजनीतिमा यो सब समान्य हुन्छ। धैर्यता आवश्यक छ!

स्थानिय चुनाव, क्लवको चुनाव, व्यापारीको चुनाव÷ चाहनासम्म भन्न सक्छौं – यो चुनाव भन्ने शब्द नै पूर्ण रूपले रानीतिक शब्दावली हो। यसै चुनावले एउटा समुह र विरुद्ध समुह तयार गर्छ। जुन समुह चुनावका आधार तयार गर्छन्, तर पनि काहीँ कतैको चुनाव होस, त्यसमा अन्य चुनावी राजाहरूको प्रभाव सहजै देख्न मिलेको छ। क्लव होस अथवा कुनै जाति र व्यापारिक संस्था, राजनीतिकर्मीको प्रत्यक्ष संग्लग्नता देख्न मिल्छ।

स्थानिय तवरमा कसैले भनेका छन् सुन्नेले सुनेका छन र यस्तो पनि भनेका रैछन– ’ यहाँका नेताहरू लोग्ने स्वास्नीको झगडामा पनि पर्छन्। ठालु मन्त्री र सम्मानित व्यक्तिले आफ्नो मान विर्सेर फोन गरेर लोग्ने÷ स्वास्नीको झगडा परालको आगोमा पनि पर्छन। लोग्ने÷ स्वास्नी छुटाउन ÷ पक्राउन छिमेकीलाई, नभए एसपी र सिडियोलाई समेत फोन गर्छन्। हुनतः लाइसेंस÷ ब्लुबुक छुटाउन आफ्नो शक्ति तेर्साउने नेताहरू छन् ।’

यस्ता जितलाई आफ्नो निद्राको ट्याब्लेट बुझ्छन् र अर्को दिन घाँटी छेउ रातो कपडा नभए टाई, त्यो पनि नभए कुर्ताको क्वालिटी बढाउन नील छर्कन्छन्। यही हो साख यता नेताको, त्यसकारण पनि यता घटेको छ जस्तो लाग्छ नेता बन्ने आँट, पर्नेलाई बढेको पनि लागेको हुनसक्छ। त्यो मेरो विषय होइन।

लौ, अब जनकपुरको व्यापारको ’ इलेक्सन’ को कुरा गरौं। जनकपुरको जनकपुर उद्योग वाणिज्य संघ। उद्योगसंगै वाणिज्य पनि, जनकपुरको आर्थिक क्रान्ति त्यसै सम्भव न होला जबसम्म पत्रकार महासंघ छेउको ग्रान्ड होटलको रात्रि हल्ला प्रशासन र पत्रकारले बन्द गर्न सक्दैनन्, यो सदैव अबेर चल्ने पनि होइन, चुनावको बेला सामान्य हो भएर पनि होला। अन्य बेला अबेर रात्रि खुल्ने भनेको, अन्य ठूला होटलहरू जस्तै मानकी रामाहरू हो। हरेक सुविधासहित। व्यापारीको चुनाव हलुवाईलाई छोएको छैन, ठूलो व्यापारीलाई छोएको, निकै समान्य व्यापारी मतदाता मात्र हुन। यदपी ध्यान सबैको जरूर पनि छ – यसबाट के बुझ्न मिल्छ यो चुनावमा पनि आर्थिक क्रान्ति व्यापारिहरू कुनै न कुनै माध्यमले खोजिरहेका छन्। आदारार्थि व्यापार खोजिरहेका छन्।
तर म उतातिर जान् मिल्दैन अहिले। विषय – यहाँ यसपल्ट जनकपुर क्षेत्रका व्यापारीहरुको हकहित प्रवर्द्धनको लागि चुनाव हुन गैरहेको छ। यसै भाद्र २९ गते!

अध्यक्ष पदले हो मुहार फेर्ने, हुनत, जुन जोगी आएपनि कानै चिरेका सामान्य चिन्तन हो। शिलशिलेवार ढंगले ती ३ उम्मेद्वार भनेको हामीले बुझेकाः जितेन्द्र साह, सुरेन्द्र भण्डारी र मानिस रमण।

तिनै उम्मेदवारले जनकपुरमा छोडेको आ – आफ्नै मानसिक प्रभाव छ। त्यसको कुरा गर्न जरुरी छ किनभने सबै बिक्ने होइन, र सबै मूर्ख होइनन। यहाँ जितेपछि मानिस स्वयमलाई पद लोलुप्तामा फसाई आफ्नो जिम्मेवारीबाट भागेर आफ्नो अस्तित्व विर्सन्छन्, त्यो बेग्लै कुरा हो। तर यस चुनावका ३ योद्धा जनकपुरकै छन्। बाहिरका कोही छैनन्। त्यो एउटा निकै महत्त्वपूर्ण विषय हो। यहाँ जीते न जीते कुनै उम्मेद्वार सम्भ्वतः काहीँ अर्को ठाउँ भाग्दैन्न्।

जितेन्द्र प्रसाद साहः वरिष्ट हुन् उहाँको अनुभव लगायतका कुरा जनकपुर क्षेत्रबारे पुरानो अनुभव छ। अग्रज उम्मेद्वार भयकोले उ नीसंग गरिमा र अनुभव छ। साह वरिष्ठ भएकोले उनी अन्य कुनै कसरत भन्दा पौराणिक कसरतलाई महत्त्व दिन्छन्। उनको आफ्नै फ्याक्ट्री पनि छ। दाजुभाइमा अब्बल उनी पद पाए गुमाएको पिर मान्दैन्न। यद्दपि नयाँ धारमा उनको अवस्थिति त्यति सक्रिय मानिंदैन। उनी राम्रो डिप्लोमेट छन्।

सुरेन्द्र भण्डारीः एउटा नाम, जसले बाल्यकालदेखि आफ्नो आफ्नो संघर्षको कथा ब्यान गरिरह्यो। जसले आफ्नो जीवनमा गणेश मन्दिर देखि अनवरत हरेक क्षेत्रमा, चाहे त्यो राजनीतिक होस् अथवा क्लव र संस्थागत कसरत गरिह्रयो। जित्यो, हार्यो तर आफ्नो धार छोडेन। जो एमाले संबद्ध रघुवीर महासेठ र जुली महतोको कनिष्टको रुपमा आफ्नो पहिचान समेत स्थापित गरेका पनि छन्। उनै भण्डारी, जो जनकपुरको उद्योग वाणिज्य संगको चुनावमा जातिय समीकरणमा नपरे पनि उपस्थिति अब्बल राखेका छन्। यिनी पनि राम्रो डिप्लोमेट छन्।

मनिष रमणः मानिस रमण, एउटा जेसिस हुन। जो सुकुल अभिव्यक्ति र बौद्धिक बनेर आफ्नो पहिचान स्थापित गर्न चाहे पनि त्यस्तै परे श्री रामको नारामा रथमा टाउकोमा केशरिया पगडी बाधेर नारा लगाउँदै समेत हिँड्छन्। रमण बौद्धिक भएपनि राम्रो ’डिप्लोमेट’ छैनन्। रमण आफैमा रम्ने व्यक्तित्व हुन्। उनी भूपू जनकपुरका मेयर बजरंग साह निकटतम हुन्। यद्दपि उनको भविष्य उज्ज्वल भएपनि पेशागत रूपले उनी पनि समीकरण चुनेर भाग लिए पनि सम्भ्वतः जितेन्द्र प्रसाद साह र यिनी एकपासपमै मुछिएका छन्।

यसबीचमा आआफ्नै भविष्यवाणी छः साह – रमण , कांग्रेस – कांग्रेस बीचमा भिडन्त भयो भन्ने पनि छन्। यिनी दुवै बीचको आपसी लडाइँमा सुरेन्द्र भण्डारीको सम्भावना छ। तर जातिय समीकरणका अध्येताहरूले अध्यक्ष पदमा जितेन्द्र प्रसाद साह र रमण मध्ये कोही निस्किन हुने पनि विश्वास गर्छन् । कारण व्यापारसंग जनकपुरको अध्यक्ष पदको चुनावमा यस अघिसम्म साह, महासेठ बाहेक अन्य बहुमतले नतिजा प्रभावित गर्न नसकेको इतिहास छ। यसबीच भण्डारीले पनि जीत हाँसिल गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। किनभने सुरेन्द्रसँगै हिरा साह, रघुवीर महासेठ छन्। भण्डारी स्वयं पनि कुटनीतिमा दक्ष मानिएका छन्। यद्दपि सबै उम्मेद्वार अब्बल छन्। र चुनाव सही माइनेमा भए जित्ने भनेको कसैले यकिन गर्न नसके पनि सम्भावना जरूर भन्न सक्छ। बेजोड नारामा भण्डारी , मौन रूपले साह, व्यापारिक चेतनामा रमण भएपनि आफ्नो साख पार्टी र उपस्थितीमा लिंदा भण्डारी र साह अब्बल मानिएका छन्। तथापि रमणलाई ’अन्डरएस्टिमेट ’गर्न मिल्दैन।

प्रतिक्रिया