देशभर बाढी, पहिरो र डुबानमा परी ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

काठमाडौँ । लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार देशभर विभिन्न विपदका घटनामा परी ६४ जना वेपत्ता भएका छन् ।
सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन् । त्यसैगरी बागमती प्रदेशमा १९ र कोशी प्रदेशमा ७ जनाको मृत्यु भएको छ ।
डुबानमा परी कोशी प्रदेशमा ९, मधेशमा २, बागमतीमा ३१ र लुम्बिनीमा २ जना वेपत्ता भएका छन्। हालसम्म देशभर २ हजार १ सय ३ जनाको शकुसल उद्धार गरिएको छ ।
प्रतिक्रिया




