मिलान्था र निशमको शानदार पारीले जनकपुरको तेस्रो जित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ ।

बिहीवार मएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई दिए को १३८ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै जनकपुरले लगातार तेस्रो जित हात पारेको हो । जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो ।

जनकपुरको जितका लागि लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

त्यस्तै जनकपुरका मार्की आसिफ शेखले ३४ बलमा ३३ रन बनाए मने हर्श थाकरले १३ रन जोड्दा कप्तान अनिल शाह १ रनमा आउट भए ।

प्रतिक्रिया
    ट्याग: