कर्णाली याक्सको पहिलो जित, चितवन ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।

शुक्रवार भएको पहिलो खेलमा चितवन राइनोजले दिएको १३१ रनको लक्ष्य कर्णालीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै रोमाञ्चक जित हात पारेको हो ।

कर्णालीका लागि ओपनिङ्ग ब्याटिङ्ग गर्न आएका शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने चाडविक वाल्टनले ३० रनको पारी खेले । त्यस्तै देव खनालले २५ रन बनाए।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको चितवनले निर्धारित २० ओभरमा १३० रन बनाएको थियो ।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।

बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया
    ट्याग: