मधेशमा सरकारी कामकाजका लागि अंग्रेजीसहित पाँच भाषा प्रस्ताव

जनकपुरधाम। मधेश प्रदेशको सरकारी कामकाजको भाषाका लागि ५ वटा भाषा प्रस्ताव गरिएको छ ।
मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा मधेशमा सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजीलाई समेटिएको छ ।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले बुधवार सदनमा उक्त विधेयक पेश गरेकी हुन् ।
विधेयकको दफा २ को उपदफा (ख) मा सरकारी कामकाजको भाषा भन्नले ‘मधेश प्रदेशको सरकारी कार्यालयहरुमा लिखित वा मौखिक रुपमा प्रयोग हुने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी सम्झनु पर्छ’ उल्लेख छ ।
यता, थारु भाषालाई वेवास्ता गरिएको भन्दै प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमारी लेखीले असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया






