जनकपुर नाइट्सले जित्यो पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि

काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्न सफल भएको छ। शुक्रबार राति त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको रोमाञ्चक फाइनलमा जनकपुरले काठमान्डु माभरिक्सलाई ४५–४१ ले हराउँदै च्याम्पियन बनेको हो।

प्रतिस्पर्धात्मक खेलमा काठमान्डु पहिलो हाफमा २५–१९ ले अघि थियो, तर दोस्रो हाफमा जनकपुरले शानदार पुनरागन गर्दै २२–२० को अग्रता बनायो। खेलको अन्तिम समयमा काठमान्डुले ३४–३४ को बराबरी गरेपनि जनकपुरले पुनः ४१–३७ को अग्रता बनाउँदै जित सुनिश्चित गर्यो। काठमान्डुका कप्तान घनश्याम रोकामगरलाई रोक्ने रणनीतिमा जनकपुर सफल रह्यो।

काठमान्डुले फाइनलमा संघर्ष गरेपनि अन्ततः उपाधि जनकपुरको हातमा गयो। च्याम्पियन बनेको जनकपुरले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता काठमान्डुले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। खेलका उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँको पुरस्कार पनि प्रदान गरिने छ।

प्रतिक्रिया