धनुषाको सतलोक आश्रममा परमेश्वर कबीरजीको निर्वाण दिवस मनाइने, पाँच लाखभन्दा बढी श्रद्धालु आउने अनुमान

जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा यही माघ २४ देखि २६ गतेसम्म परमेश्वर कबीरजीको निर्वाण दिवसको अवसरमा भव्य धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरिने भएको छ। पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा हुने यस कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका पाँच लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा विशाल हवन यज्ञ, निःशुल्क भण्डारा, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा र आध्यात्मिक प्रदर्शनीजस्ता गतिविधिहरू समावेश गरिएको आयोजक पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष कुमार डंगोलले जानकारी दिएका छन्। उनका अनुसार सहभागी सबैका लागि निशुल्क खानपान, बसोबास र ओढ्ने–ओछ्याउने व्यवस्था गरिएको छ। १० क्विन्टलभन्दा बढी घ्यूको प्रयोग गरी हवन यज्ञ गरिनेछ भने शुद्ध घ्यूमा बनेका विशेष प्रसादहरूको वितरण गरिनेछ।

कार्यक्रमको उद्देश्य मानव समाजमा छुवाछुत, भेदभाव, भ्रष्टाचार, जीव हिंसा र दाइजो प्रथाको अन्त्य गर्दै आध्यात्मिक जागरणको मार्गतर्फ प्रेरित गर्नु रहेको अध्यक्ष ढंगोलले जनाएको छ। सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त सामूहिक विवाह समारोह, रक्तदान शिविर र निःशुल्क मन्त्रदीक्षाजस्ता गतिविधिहरूले धार्मिक तथा सामाजिक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

पूर्णब्रह्म कबीर साहेबजीले भारतको उत्तर प्रदेशस्थित मगहर भन्ने स्थानबाट लाखौं मानिसहरूको सामु सतलोक गमन गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष डंगोलका अनुसार यस पर्वले धार्मिक र सामाजिक सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

यस वर्षको कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सतलोक आश्रम परिसरमा आवश्यक तयारी तीव्र पारिएको छ। पाँच लाखभन्दा बढी श्रद्धालुको आगमनको पूर्वानुमानसहित खाना, बसोबास र अन्य सबै व्यवस्था निशुल्क गरिएको छ। कार्यक्रममा सहभागी हुने श्रद्धालुहरूको सुविधा र व्यवस्थापनका लागि हजारौं स्वयंसेवक खटाइएको आयोजकले जनाएको छ। आयोजकले यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने र मानिसहरूलाई आध्यात्मिक मार्गमा जोड्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया