राष्ट्रवाद: आत्मनिर्भरताको आधारशिला वा आर्थिक प्रगतिको अवरोध?

सामान्य अर्थमा राष्ट्रवादलाई कुनै व्यक्ति वा समुहको राष्ट्रप्रतिको प्रेम र स्वामित्व साथै उक्त राष्ट्रको कानुनी क्षेत्राधिकार अन्र्तगतका व्यक्ति वा समूहको साँस्कृतिक र मौलिक पहिचानका रुपमा परिभाषित गर्न सकिन्छ । र, मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद, भुगोल र संस्कृतिका आधारमा एकजुट बनाउने आस्था र राजनीतक स्वायत्ततालाई प्रर्वद्र्धन गर्ने औजारका रुपमा राष्ट्रवादलाई लिन सकिन्छ ।

धेरै एसियाली राष्ट्रहरूले सफलतापूर्वक राष्ट्रवाद प्रयोग गरेको देखिन्छ । चिनमा माओ जिडोङ्गले सुरु गरेको क्रान्तिकारी र हिंसात्मक राष्ट्रवाद साथै भारतमा माहात्मा गान्धी र जवहरलाल नेहरुले नेतृत्व लिएको शान्तीपूर्ण र अहिंसात्मक राष्ट्रवाद बारे हामीले पक्कै पनी पढेको वा सुनेको हुनुपर्छ । नेपाल एकिकरणका लागी पृथ्वीनारायण शाह, जर्मनीको सुरक्षाकालागी एडल्फ हिस्टलर, तत्कालिन समयको सोभियत युनीयन (अहिलेको रुस) मा जोसेफ स्टालिन र भलादीमिर लेलिनले सुरु गर्नुभएको राष्ट्रवादको साझा विशेषताका रुपमा स्वसुरक्षा, कृटनीतिक अन्र्तक्रिया र विस्तारवादलाई लिन सकिन्छ ।

इतिहासमा विकास र विकासको उच्च स्तर हासिल गर्न, धर्म, भाषा, जातीयता, सँस्कृति, भुगोल र इतिहासको रक्षा गर्न राष्ट्रवादका अनेकौँ नाराहरु गुञ्जिएका थिए । राष्ट्रवादका नाममा बहिष्कारवाद र प्रतिस्पर्धात्मकताका रूपहरू उत्पन्न भएको पनि देखिन्छ। विश्वका चर्चित राष्ट्रवादीय आन्दोलनहरु धर्म, भाषा, जात, सँस्कृति, भुगोल र इतिहाससँग सम्बन्धित देखिन्छन् । राष्ट्रवादका नाममा सम्बन्धीत राष्ट्रहरुमा कम्युनिष्टवाद, समाजवाद, पु्ँजीवाद, साम्यवाद र माक्सवाद भित्र्याइएका उदाहरणहरु इतिहासले देखाउँछ।

वर्तमानमा पनि जातीय र धार्मिक मुद्दाहरुमा राजनीति गर्न, शासकीय व्यवस्था (राजतन्त्र र प्रजातन्त्र) लाई दिर्घकालिन बनाउन, भुगोल र उपनिवेशको विस्तार गर्न र पर्यावरणीय संकट जस्ता समसामयिक विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्नका लागि राष्ट्रवादलाई उपकरणका रुपमा प्रयोग गरिएको देखिन्छ । राष्ट्रवादले आज पनि वास्तविक वा कथित शिकारबाट बचाउन र प्रतिस्पर्धात्मक लाभको लागि राष्ट्रलाई एकीकृत गर्न उल्लेख्य भुमिका खेलेको छ । आर्थिक विश्वव्यापीकरणले विश्वलाई पहिलेभन्दा धेरै अन्तरनिर्भर बनाएको छ भने राष्ट्रवादले अन्तरनिर्भरतालाई सहकार्यमा लैजान सम्म सहज र कठिन दुवै बनाएको छ । राष्ट्रवाद आत्मनिर्भरताको संकेत हो वा आर्थिक विकासमा वाधा ? भन्ने प्रश्नलाई विश्लेषण गर्दा राष्ट्रवादका दुई पक्षहरु बुझ्न आवश्यक छ ।

राष्ट्रवाद आत्मनिर्भरताको स्तम्भ

राष्ट्रवाद देशभित्र औद्योगिक, प्रविधि, र आर्थिक आत्मनिर्भरता (self-reliance) बढाउन महत्वपूर्ण हुन सक्छ। राष्ट्रवादले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन्छ, जसले घरेलु उद्यम र उद्योगलाई संरक्षण दिन सहयोग पु¥याउँछ । आयातमा निर्भरता घटाई स्वदेशी उत्पादनमा जोड दिन्छ, जसले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउँदछ । राष्ट्रवादले राष्ट्रिय संस्कृति, भाषा, र परम्परालाई प्रवद्र्धन गर्छ, जसले समाजमा एकता ल्याउन सक्छ । यही एकता एकातर्फ सांस्कृतिक पहिचानको सुरक्षा गर्न सहयोगी हुन्छ भने अर्कोतर्फ स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र वैदेशिक व्यापारमा समेत महत्वपूर्ण हुन सक्छ । विदेशी हस्तक्षेप र निर्भरतालाई कम गर्दै राष्ट्रवादले स्वतन्त्र नीति निर्माणको अवसर दिन सक्छ, जसले राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

राष्ट्रवादः आर्थिक विकासमा अवरोध

यद्यपि, जब राष्ट्रवाद अति संरक्षणवादी (protectionist) हुन्छ, यसले आर्थिक विकासमा नकारात्मक असर पार्न सक्छ। आयात–निर्यात नीति कडाइ गर्दा अन्तर्राष्ट्रिय व्यापार सीमित हुन सक्छ, जसले आर्थिक वृद्धिलाई बाधा पु‍¥याउँछ। जसकारण अन्र्तराष्ट्रिय व्यापारमा कमी आई भुक्तानी सन्तुलनमा नकारात्मक नतिजा आउन सक्छ । अन्तर्राष्ट्रिय साझेदारी बिना प्रविधि र ज्ञान हस्तान्तरण कठिन हुन जान्छ, जसले नवउद्यमशिलतामा अवरोध ल्याउँन सक्छ । यदि सरकार अति राष्ट्रवादी नीति अपनाउँछ भने विदेशी लगानीकर्ताहरू हतोत्साहित हुन सक्छन्, जसकारण विदेशी लगानीमा गिरावट आउन सक्छ ।
राष्ट्रवादले स्वदेशी वस्तु तथा सेवाको मात्रै उपभोग गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने हुँदा वस्तु र पुजीँ बजार संकुचित हुन जान्छ र खुला बजारको अभावमा उपभोक्ताहरूलाई उच्च मूल्यमा सीमित गुणस्तरका सामानहरू किन्नुपर्ने अवस्था आउन सक्छ । राज्यमा वैदेशीक लगानी कम भित्रिन्छ र वैदेशिक व्यापारमा ह्रास आई विदेशी मुद«ाको सञ्चिती घट्न सक्छ । जसले राज्यको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्न जान्छ ।

नेपालको विश्लेषण

नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को राष्ट्रिय घरपरिवार सर्वेक्षण तथ्याङ्कले २०.२७ प्रतिशत नेपाली नागरिकहरु ग्रिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ, जुन २०५२/५३ मा ४१.७६ प्रतिशत रहेको थियो ।

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आ.व ०८१/८२ को पछिल्लो छ महिनको तथ्याङ्क हेर्दा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्य सुचकाङ्कमा आधारित मुद«ास्फीति ५.४१ प्रतिशत रहेको छ । आ.व ०८०/८१ मा अघिल्लो आ.व को तुलनामा व्यापार घाटा १ प्रतिशतले घटेर १४४० अर्व ६० करोड पुगेको छ , जुन नेपालको कुल ग्राहस्थ उत्पादनको २५.३ प्रतिशत हो ।

आ.व ०८१/८२ को बजेटको आम्दानी र खर्च करिब ३२ प्रतिशत अंश ऋण र सहायता (आन्तरिक ऋण १७.७३ ५, बाह्य ऋण ११.७० ५, वैदेशिक सहायता २.८१ ५) साथै ६८ प्रतिशत अंश राज्वश्य संकलनबाट हुनेगरी व्यवस्था गरिएको थियो । तर, २०८१ पुस मसान्त सम्मको समिक्षा पश्चात आ.व ०८१÷८२ को बजेट १ खर्ब ६७ अर्वले घटेको छ । यद्यपी आ.व ०८१/८२ को असार मसान्त सम्मको समिक्षा गर्दा आयात ७.१ प्रतिशतले बढेको र निर्यात ३१.८ प्रतिशतले बढेको देखिन्छ ।

कुनै पनि राष्ट्रको भौगोलिक सिमा भित्र जन्मिएका मानिसहरुले आफ्नो माटोलाई मनपराउनु÷माया गर्नु, सुरक्षा र संरक्षण गर्नु प्राकृतिक गुण हो तर आजभोलि राष्ट्रियता त्यागेर परराष्ट्रको नागरिकता स्वीकार गर्ने प्रचलन बढ्दो संख्यामा देखिन्छ ।

नेपालको सन्दर्भमा अध्यागमन विभागले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ डिसेम्बरको तथ्याङ्क हेर्दा नेपाली नागरिकहरु मध्ये १,१३,३५९ जना नेपालमा आएकोे र १,३८,८३९ जना नेपालबाट बाहिरिएको देखिन्छ । (अध्यागमन विभाग, २०२४०) । उक्त विभागको तथ्यांक अनुसार सन् २०२४ मा कुल १६,७४,२२५ जनाले देश छोडेकोमा ८,५६,४२२ जना विशुद्ध बैदेशिक रोजगारीका सिलसिलामा देशबाट बाहिरएका छन् , जुन कुल संख्याको ५१.१५ प्रतिशत हो । यस तथ्याङ्कको औषत निकाल्दा मासिक ७१३६९, साप्ताहिक १६,४७०, दैनिक २,३४६ जनाले वैदेशिक रोजगारीका लागी देश छाडेका छन् । तथ्यांकअनुसार ६६ हजार ८३५ जनाले स्थायी रूपमा अन्यत्र बसोबास गर्न देश छाडेका छन् भने १ लाख ८२७ जनाले अस्थायी रुपमा बसोबासका लागि नेपाल छाडेका छन् । सन् २०२४ मा एक लाख १९ हजार आठ सय नौ जना नेपाली नागरिकहरु अध्ययनका लागि विदेशीएका छन् । सन् २०२३ मा एक लाख ८ हजार ५ सय ४२ जना नेपाली नागरिकहरु अध्ययनका लागि विदेशीएका थिए । ठूलो संख्यामा मानिसहरु अष्ट्रेलिया, जापान, अमेरिका र अन्य देशहरुमा बसोबासका लागि गएको तथ्याङ्कले देखाउँछ । (Department of Immigration, 2081 B.S )

यस तथ्याङ्कलाई विश्लेषण गर्दा विशेष गरी निम्न दुई प्रश्नहरुले महत्व पाउन सक्छन् ।

नेपालमा राष्ट्रियता र राष्ट्रवाद हराएकै हो त?

नागरिकहरुले स्थायी र अस्थायी रुपमा देश छोड्नुले आत्मनिर्भरता, विकास र राष्ट्रिय स्वाभिमानमा असर गर्छ वा गर्दैन होला ?
निष्कर्ष

राष्ट्रवाद सन्तुलित रूपमा अपनाइयो भने आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मद्दत गर्छ, तर अति राष्ट्रवादी नीतिहरूले आर्थिक प्रगति अवरुद्ध गर्न सक्छ । त्यसैले, नेपालका लागी समावेशी राष्ट्रवाद (inclusive nationalism) आवश्यक छ, जसले स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय व्यापार र सहकार्यलाई पनि महत्व दिन्छ । माथि उल्लेखित तथ्याङ्कहरुको विश्लेषण गर्दा वैदेशिक रोजगारीका कारण रेमिट्यान्सले गरीबि निवारणमा टेवा पुगेता पनि, व्यापारघाटा नघट्नुले हामी दिन प्रतिदिन परनिर्भर बन्दै गएको तथ्यलाई नर्कान सकिदैन ।

हामीले विहान उठ्ने वित्तकै प्रयोग गर्ने ब्रस, हामीले खाने खाद्यान्न, लगाउने कपडा, सुन्ने गीत, हेर्ने फिल्म सबैमा परनिर्भरता झल्किन्छ । चार्डपर्व मनाउने शैली, दैनिक उपभोग्य वस्तुहरुको रोजाइको प्राथमिकता र परनिर्भरता प्रतिको अज्ञानताले हामीलाई वैदेशिक शक्तिहरुको उपनिवेश बनाइरहेको छ । जुन तथ्यलाई नेपालका राजनितिकर्मीहरुले स्वीकार गर्न नसकेको अवस्था छ । यो विषय पक्कै पनि नेपालको आन्तिरक मामिला सँग सम्बन्धित बहसको एक महत्वपूर्ण प्रसङ्ग बन्न सक्छ ।

विश्वव्यापीकरणको यस युगमा विश्वव्यापी नागरिक (Global Citizen) को अवधारणाले कुनै व्यक्तिलाई विश्वव्यापी नागरिकका रुपमा परिभाषित गर्ने कुरालाई नर्कान भने सकिदैन । यद्यपी यथार्थवादीहरुले (Realist) राज्यहरूले सबै भन्दा बढि राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै आफ्नो स्वार्थ र अस्तित्वलाई प्राथमिकता दिन्छन भन्ने मान्यता राख्दछन् भने उदारवादी चिन्तनका मानिसहरुले अन्र्तराष्ट्रिय संघसंस्थाहरु, विश्वबजार, सहअस्तित्व, सहकार्य, समन्वय जस्ता विषयहरुलाई प्राथमिकता दिएको देखिन्छ।

राष्ट्रियवादले आत्मनिर्भर बन्नका लागी नागरिकहरुलाई उत्प्रेरित गरेको सन्दर्भमा पहिले देखि नै चर्चा भएको विषय भएता पनि २१ औँ शताब्दीको तेस्रो दशकमा उदयमान विश्वव्यापीकरणको युगमा नेपालमा विद्यमान राष्ट्रीयताको भावनाले अन्र्तराष्ट्रिय समुदायसँगको सामञ्जस्यता र सहकार्यमा बाधा पुगेको हो या त अधिक राष्ट्रवादले आत्मनिर्भरताको स्र्वणीम युगको सुरुवात गरिसकेको छ भन्ने विषय अध्ययनको विषय बन्न सक्छ ।

प्रतिक्रिया