‘भ्यालेन्टाइन डे’ विशेष बनाउन यी उपाय अपनाउन सक्नुहुन्छ

काठमाडौँ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे, प्रत्येक वर्ष १४ फेब्रुअरीमा यो दिवस मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे प्रेमीप्रेमिकाका लागि विशेष दिनको रुपमा रहेको छ । आजको दिन आफ्नो मनपर्ने मान्छे वा जसलाई तपाईं माया गर्नुहुन्छ ऊसँग आफ्नो मनको कुरा राख्ने गरिन्छ । यस अवस्थामा प्रेमिप्रेमिकाले आफ्नो मन पर्ने मान्छेलाई उसलाई मनपर्ने फूल, चकलेट वा उपहार दिने गरिन्छ । तर, त्यसबाहेक आजको दिनलाई विशेष बनाएर मनाउनका लागि यी उपाय अपनाउन सक्नुहुन्छ :

पछिल्लो समय आफ्नो पार्टनरलाई पर्सनलाइज्ड ज्वलेरी, कस्टमाइज्ड फोटो र कलाकृति दिन मन पराउँछन् । त्यसैले तपाईं पनि यो उपाय अपनाएर केही फरक तरिकाले आजको दिन विशेष बनाउन सक्नुहुन्छ ।

त्यस्तै आजको दिन रेट्रो म्युजिकको कलेक्शन पनि दिन सकिन्छ ।

त्यसबाहेक तपाईं आफ्नो पार्टनरसँग रोड ट्रिपममा पनि लिएर जान सक्नुहुन्छ भने ल्याम्प्स र वाइन ग्लासेजको पनि क्रेज पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ ।

यसका साथै तपाईं आफ्नो पार्टनरलाई उपहारसँगै डिनर डेटमा पनि लिएर जान सक्नुहुन्छ भने इन्टरेस्टिङ्ग क्रियाकलापका लागि पनि जान सक्नुहुन्छ । जुन तपाईंको पार्टनरको रुचीको विषय छ ।

प्रतिक्रिया