बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेलको अवस्था जोखिममुक्त

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अवस्था जोखिमयुक्त रहेको बताइएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको बताइएको छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरका प्रमुख धनराज आचार्य पनि घाइते भएका थिए । उनको उपचार पनि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
दुबैजनाको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएका र अहिले उपचार चलिरहेको बताए ।