प्रकृति लम्सालको हत्या गरेर शव होस्टल रुममा राखिएको तथ्य फेला !

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या नभएर हत्या भएको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम क्राइम तकका अनुसार केआईआईटीको केन्द्रीय पुस्तकालयमै हत्या गरिएको र विश्वविद्यालयले घटनालाई आत्महत्या देखाउन उनको शवलाई होस्टल रुममा लगेर राखिएको हो ।
क्राइम तकका अनुसार केन्द्रीय पुस्तकालयमा आरोपित भनिएका आद्विक श्रीवास्तवले प्रकृतिलाई कुटपिट गर्दै हत्या गरेको विश्वविद्यालयका केही विद्यार्थीको च्याटबाट खुल्न आएको छ ।

सार्वजनिक भएको च्याट अनुसार दुईजना विद्यार्थीले प्रकृृतिको हत्या आद्विकले गरेर विश्वविद्यालय प्रशासनको सहयोगमा आत्महत्याको रुप दिनलाई प्रपञ्च गरेको देखिन्छ ।
आरोपित भनिएका श्रीवास्तव भारतीय जनता पार्टीका एकजना नेताका छोरा रहेको र कलेज प्रशासनले घटना ढाकछोप गर्न खोजेको बुझिन्छ ।
स्रोत : Crime Tak






