बडादसैं सुरु, तस्वीरमा हेर्नुहोस् जनकपुरको दसैँ

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैं बिहीवारदेखि विद्यिवत रुपमा सुरु भएको छ ।

दसैं सुरु भए लगत्तै जनकपुरधामको शक्ति पीठहरूलाई बेहुँलीझै श्रृङ्गारिएको छ । चोक–चोकलाई झिलिमिलि बनाइएको छ ।

भिडभाड पनि उत्तिकै छ । शक्तिपीठमा विशेष पुजा गर्नेको घुईचो लागेको छ । नवरात्रिभरि यहाँ विशेष पुजा गर्ने चलन छ ।

राजा जानककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ । जहाँ मानिसहरू अहिले सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । स्वयंसेवकलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।

यस्तै, बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरूलाई पनि सजाइएको छ ।

दसैं अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

अत्याधिक भिडभाड र पार्किङ अभावमा सडक पनि ठाउँ ठाउँमा जाम हुने गरेको छ ।

प्रतिक्रिया
कमलेश ठाकुर

उहाँ नागरिक मिररको प्रदेश २ प्रतिनिधि हुन् । मोबाईल नम्बर : ९८१२१११७१८